काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा खोटाङका २८ वर्षीय चिना कोयी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट १२ लाख ९१ हजार रुपैयाँ लिएका थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको चण्डोल क्षेत्रबाट पक्राउ गरेको हो । राईलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।




