काठमाडौं । सगरमाथाको आरोहण गर्ने साहसिक प्रयासमा सफल पूर्णिमा श्रेष्ठलाई विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ को सूचीमा चयन गरेको छ ।
फोटो पत्रकार समेत रहेकी पूर्णिमा श्रेष्ठ, सिएनएनको यस विशेष सूचीमा स्थान पाउँदा गर्व महसुस गरेको बताइन् । उनले सामाजिक सञ्जालमार्फत यो गौरवमयी उपलब्धि सार्वजनिक गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।
सिएनएनले यस सूचीमा ती व्यक्तिहरूलाई समावेश गरेको हो, जसले साहसिक खेल र चुनौतीपूर्ण कार्यहरूमा सीमाको परिभाषा नै बदलि दिएका छन् । सगरमाथा आरोहण गरेपछि श्रेष्ठले नेपाली महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् ।






