भक्तपुर । २०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलबार परीक्षा तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।
तालिका अनुसार, पहिलो दिन (चैत ७) अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । यसै दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुनेछ ।
दोस्रो दिन, चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा र चैत १० गते अनिवार्य गणितको परीक्षा हुनेछ । चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा पनि आयोजना गरिनेछ ।
एसईई परीक्षामा हजारौं विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । परीक्षा सम्बन्धी अन्य जानकारी भने परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइने छ ।





