काठमाडौं । अधिकृत पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव गरिएको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जनसंख्याविद् दामोदर ज्ञवालीले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन् ।
संघीय निजामती सेवा विधेयक माथि दफावार छलफल भइरहेको बैठकमा ज्ञवालीले अधिकृत पदका लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गर्न सुझाव दिएका छन् ।
‘स्नातकोत्तर गरेकालाई मात्रै अधिकृत हुन सक्ने व्यवस्था राखौं, ताकि सेवा प्रवेशपछि बढुवाका लागि पढ्नुपर्ने अवस्था नहोस्,’ ज्ञवालीले भने । उक्त विधेयकमा अन्य दफा समेत सम्बन्धी छलफल जारी रहेको समितिले जनाएको छ ।




