एजेन्सी । बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा एउटा अचम्मको कुरा भेटेका छन्, लगभग २०० डायनासोरको खुट्टाको छाप उनीहरूले भेटेका हुन् । यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६० लाख वर्ष पुरानो मानिने यो खोजले अनुसन्धानकर्ताहरूलाई रोमाञ्चित बनाएको छ । यो खोज बेलायतको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा ठूलो खोज मानिएको छ ।
अन्वेषकहरूका अनुसार यी पदचिह्नहरू विशाल डायनासोर राजमार्गको अंश हुन सक्छन्, जुन डायनासोरहरूले त्यस समयमा लिएको बाटोको चिन्ह देखाएको छ । यो राजमार्गमा ९ मिटर लामो सिकारी डायनासोर र मेगालोसोरस जस्ता शाकाहारी डायनासोरको खुट्टाको छाप भेटिन पुगेको हो । अन्वेषकहरू विश्वास गर्छन् कि यी डायनासोरहरू समुद्र तटमा वा खानाको खोजीमा गएको बेला यो पद चिन्ह गढिएर बसेको थियो ।
यो खोज खानी ग्यारी जोन्सनले गरेका थिए, जसले २०२३ मा सडक निर्माणका लागि चुनढुङ्गा निकाल्ने क्रममा यी अनौठो देखिने क्रेटरहरू देखेका थिए । त्यस बेलादेखि यो अनौठो खोजले जीवाश्मविद्हरूको ध्यान आकर्षित गर्यो । अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरूले यी पदचिह्नहरू अध्ययन गरेका थिए । अन्तमा यो पत्ता लगाए कि यी चिन्हहरू जटिल नेटवर्कमा जोडिएका छन् ।
युनिभर्सिटी अफ बर्मिङ्घमले एक प्रेस विज्ञप्ति जारी गर्दै, यो खोजले जुरासिक कालमा डायनासोरको जीवन र व्यवहार बुझ्न मद्दत गर्ने बताएको छ । यो ट्र्याक वे समुद्री किनारमा बनेको हुन सक्ने वैज्ञानिकहरुको विश्वास गरेका छन् किनभने त्यसबेला समुद्र र जमिनको बीचमा दूरी केही मात्रामा थियो र डाइनोसरले त्यो बेला यो क्षेत्र हिडडुलका लागि प्रयोग गरिरहेको खुलेको छ ।






