जनकपुर । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शनिबार भारतको मुजफ्फरपुरमा भएको दुर्घटनामा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र गाडी चालकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यस्तै, घाइते हुनेहरूमा सृष्टि ठाकुर, कामिनी झा, मनोहर ठाकुर लगायत रहेका छन् । दुर्घटना बाइकलाई बचाउने क्रममा स्कारपियो अनियन्त्रित भई पाँच पटक पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।




