काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनले एक व्यक्तिलाई युके पठाइदिने आश्वासन दिँदै ३७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




