काठमाडौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा हरेक वर्ष लाग्ने श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने सालीनदी मेलामा आज अत्यधिक भीड लागेको छ । मेलाको अन्तिम शनिबार भएकाले श्रद्धालु भक्तजनहरूको उपस्थिति थेगिनसक्नु भएको हो ।

मेलामा आउने भक्तजनहरूलाई लक्षित गरी विभिन्न व्यापार व्यवसाय सञ्चालन भएका छन् । तर, यहाँ सञ्चालित खाजा घरमा मनपरी शुल्क लिइएको भन्दै आलोचना भइरहेको छ ।

त्यसैगरी, पार्किङ शुल्क अस्वाभाविक रूपमा चर्को असुल गरिएको गुनासो मेलामा सहभागीहरुले गरेका छन् । व्यापारीहरूले भने खुवाका परिकारदेखि अन्य सामग्रीसम्मको व्यापार एक महिनासम्म राम्रो हुने बताएका छन् ।





