बाँके । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनेर रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । बाँके प्रहरीले जिल्लाको बैजनाथ गाउँपालिका ५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगरलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि बैदेशिक रोजगारमा जापान वर्किङ (कामदार) भिसामा लैजाने भन्दै विभिन्न व्यक्तिहरूसँग प्रतिव्यक्ति १४/१५ लाखको दरले एक करोड २३ लाख रकम ठगेको आरोप छ ।
वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भइ पक्राउ आदेश जारी भएकी मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको टोलीले पक्राउ गरि थप अनुसन्धान एवम् कारवाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।




