काठमाडौं । कतारमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका निवासी ४० वर्षीय आचार्यको हमाद अस्पतालमा उपचाररत थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई अस्पताल भर्ना गरिएको थियो, तर चिकित्सकको प्रयास बावजुद उनको ज्यान जोगाउन सकिएन । आचार्य नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय थिए ।
उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकारको रूपमा भूमिका निभाएका थिए । हाल उनको पार्थिव शरीर कतारको सनैया स्थित हमाद अस्पतालको मर्चरी सेन्टरमा राखिएको छ ।




