काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्तमान अवस्थामा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यत सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसोको मौसम पूर्वानुमान अनुसार, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ । पहाडी क्षेत्रमा एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, देशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ । साथै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेको छ ।
आज रातिको मौसम पूर्वानुमान अनुसार, देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यत: सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।




