काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा देखि आंशिक बदलीको अवस्था रहनेछ ।
कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै, देशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावनासमेत रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




