एजेन्सी । मुम्बईबाट गोवा गइरहेको क्रूजमा शनिबार राति आर्यान खान सहित अन्य मानिसहरुका लागि समस्या र चिन्ताको रात बन्यो । जहाजमा चलिरहेको ड्रग्स पार्टीमा नारकोटिक्स कन्ट्रोल ब्यूरोको टीमले छापा मारोर ड्रग्स पार्टीको भण्डाफोर गरेको हो ।
भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यान खानसहित ९ जना पक्राउ परे । सबैसँग अहिले सोधपुछ चलिरहेको छ । उनीसँगै पक्राउ परेका नौ जनामध्ये एक हुन् नूपुर सारिका । उनी दिल्लीको एक स्कुलमा पढाउने काम गर्छिन् ।
नुपूरलाई एक अर्का आरेपी मोहक जसवालले ड्रग्स दिएका थिए । उनले त्यो ड्रग्स सेनिटरी प्याडमा लुकाएर रेभ पार्टीमा पुगेकी थिइन् । उक्त पार्टीमा सहभागी हुनेहरुले न्युनतम ८० हजारदेखि २ लाख भारुसम्म शुल्क तिरेका थिए ।
तर, आफुले कुनै शुल्क नतिरेको र अतिथिका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले प्रहरीसँग दिएका छन् । सोधपुछका क्रममा आर्यान निरन्तर रोइरहेका थिए । अनुसन्धानका क्रममा आर्यानले गएको ४ वर्षदेखि ड्रग्स लिएको खुलेको छ । उनले देश बाहिर यूके-दुबई लगायत अन्य देशमा पनि ड्रग्स सेवन गरेकाे प्रहरीले जनाएकाे छ । आर्यान भर्खर १५ वर्षका भए ।




