एजेन्सी । को बन्छ करोडपतिको सिजन १३ मा धेरै प्रतिभावानहरु आइसकेका छन् । सबैसँग अमिताभ बच्चनले गेमसँगै मस्ती पनि गरेको कार्यक्रममा देख्न सकिन्छ । आउँदै गरेको नयाँ एपिसोडमा पनि उनले सहभागी प्रतियोगीसँग यस्तै रमाइलो गरेको सार्वजनिक प्रोमोमा देख्न सकिन्छ ।
कार्यक्रममा प्रतियोगी दिव्या सहायले अमिताभकी बुहारी ऐश्वर्या रायसँग आफूलाई जलन हुने बताएकी छिन् । अमिताभले किन जलन हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिँदै हटसीटमा बसेकी दिव्याले भनेकी छिन्, ‘मलाई तपाईँको बुहारीसँग ईर्ष्या लाग्छ । सय वर्षमा कोही यति सुन्दर जन्मिन्छ ।’
दिव्याले ऐश्वर्याको सुन्दरताको प्रसंसा गरेपछि अमिताभले धन्यवाद दिएको भिडियोमा देख्न सकिन्छ ।
अमिताभ र बुहारी ऐश्वर्याको सम्बन्ध निकै राम्रो छ । उनीहरुले चलचित्रमा एकसाथ काम समेत गरेका छन् ।




