काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यान खानलाई एक रेव पार्टीबाट पक्राउ गर्यो । आर्यानले ड्रग्स किनेर खाएको एनसीबीको आरोप छ । आर्यान खानको जमानतबारे सोमबार सुनुवाई भएको थियो तर बिहीबारसम्म एनसीबीले हिरासतमा राख्यो ।
कर्डेलिया क्रूजमा भएको रेव पार्टीमा आर्यानसँगै अन्य ८ जना पनि पक्राउ परेका थिए । उक्त घटनापछि रेव पार्टी र ड्रग्सबारे पुनः चर्चा सुरु भएको छ । कस्तो हुन्छ त रेव पार्टी ?
नारकोटिक्स विभागका अनुसार रेव पार्टी गुपचुप तरिकाले आयोजना गरिन्छ । यसमा ड्रग्स, ड्रिंग्स, संगीत, डान्स र कहिलेकाहीँ सेक्स पनि समावेश हुन्छ । एजसीबीका एक अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा भने, ‘रेव पार्टी केवल पार्टी सर्किटसँग जोडिएका केही सिमित मानिसहरुका लागि आयोजना गरिन्छ । नयाँ मानिसहरुलाई यस्तो पार्टीमा आउने अनुमति दिइँदैन, ताकि जानकारी नफैलियोस् ।’
रेव पार्टी ड्रग्स लिने र बेच्ने मानिसहरुका लागि सुरक्षित ठाउँ हो । उक्त पार्टीमा ठुलो मात्रामा ड्रग्स लिइन्छ । क्रूजमा भएको रेव पार्टीबाट एनसीबीले १३ ग्राम कोकिन, पाँच ग्राम मेफेड्रोन र २२ ट्याबलेट एक्सटेसी जफत गरेको छ । अधिकारीले भने, ‘रेव पार्टीमा एक्सटेसी, केटामाइन, एमडीएमए, एमडी र चरेस पनि फेला परेको छ ।’
पार्टीका क्रममा ठुलो आवाजमा इलेक्ट्रिक ट्रान्स म्युजिक चल्छ, ताकि ड्रग्स लिनेहरु लामो समयसम्म एकै किसिमको मुडमा रहून् । मानिसहरु ड्रग्स लिन्छन् र म्युजिकमा झुम्छन् । रेव पार्टी २४ घण्टादेखि तीन दिनसम्म चल्छ ।’ एनसीबीका एक अधिकारीले भने, ‘यो एक विशेष प्रकारको म्युजिक सिस्टम हुन्छ, ताकि इलेक्ट्रिक ट्रान्स म्युजिकको ठुलो आवाजमा चलाउन सकियोस् ।’
छापा मार्ने अधिकारीहरुसँगै गएका एकजनाले भने, ‘रेव पार्टीमा चलाइने गीतमा निकै कम शब्द हुन्छ । ट्रान्स म्युजिकले एक काल्पनिक वा भ्रमित गर्ने वातावरण पैदा गर्छ, जुन मानिसहरुलाई राम्रो लाग्छ ।’ यस्तो पार्टीको योजनादेखि लिएर आयोजनासम्म कोड भाषाको प्रयोग गरिन्छ । मुम्बई प्रहरीका एक सेवानिवृत्त प्रहरी अधिकारी समाधान धनेधरले एनसीबीसँग काम गरिसकेका छन् । उनले भने, ‘यस्तो पार्टी दुर्गम स्थानहरुमा गरिन्छ, ताकि कसैलाई शंका नहोस् ।
पार्टीमा कसरी बोलाइन्छ ?
रेव पार्टी निकै गुपचुप तरिकाले आयोजना गरिन्छ । यसकारण अनुसन्धान एजेन्सीहरुबाट बच्नका लागि विभिन्न तरिका अपनाइन्छ । रेव पार्टीमा बोलाउनका लागि सामाजिक सञ्जाल र कोड भाषाको प्रयोग गरिन्छ । सामाजिक सञ्जालमार्फत् एक समूहबाट धेरै जनासम्म पार्टीको जानकारी पुग्छ । यस्तो पार्टीमा जतिबेला चाह्यो, जोसुकै सहभागी हुन पाउँदैनन् । कयौँ पटक पार्टीको जानकारी केवल एकअर्कामार्फत् बोलेर दिइन्छ ।
रेव पार्टीमा को–को जान सक्छन् ?
रेव पार्टीमा निकै कम मानिसहरुलाई मात्रै बोलाइन्छ । यस्तो पार्टीमा सहभागी हुनका लागि हजारौँ, लाखौँ खर्च गर्नुपर्छ । त्यसकारण सामान्य मानिसहरु जान सक्दैनन् । यो पार्टी निकै धानी मानिसहरुका लागि आयोजना गरिएको हुन्छ । तर पछिल्लो केही वर्षदेखि मध्यमवर्गीय युवा पनि आफ्नो धनी साथीमार्फत् यस्तो पार्टीमा सहभागी भएको पाइएको छ । रेव पार्टी १९८० को दशकमा युवाहरुबीच लोकप्रिय भएको थियो ।




