एजेन्सी । अभिनेता ऋतिक रोशन ड्रग्स केसमा पक्राउ परेका अभिनेता शाहरुख खानका छोरा आर्यान खानको समर्थनमा उत्रिएका छन् । उनले आर्यानको समर्थनमा एक लामो नोट सेयर गरेका छन् ।
ऋतिकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आर्यानको तस्वीर सेयर गर्दै लेखेका छन्…,
मेरो प्यारो आर्यान, जिन्दगी एक अनौठो यात्रा हो । यो राम्रो पनि हो, किनकी यो अनिश्चित छ ।
रिस, कन्फ्युजन, लाचारी, यो तपाईँभित्रको एक हिरोलाई बाहिर ल्याउनका लागि आवश्यक छ । तर होशियार हुनुहोस्, किनकि यी कुराहरुले दया, करुणा र माया जस्ता राम्रो चीजहरुलाई पनि नष्ट गर्न सक्छ ।
गल्ती, असफलता, जीत, सफलता…यी सबै चीजहरु उस्तै हुन्, यदि तपाईँलाई आफ्नो साथमा कुन चीज राख्नुपर्छ र कुन फ्याँक्नुपर्छ भन्ने अनुभव हुन्छ भने । तर जान्नुहोस् कि तपाइँ ती सबैसँग राम्रो तरिकाले अघि बढ्न सक्नुहुन्छ । म तपाईँलाई एक बच्चाको रुपमा चिन्दछु । म तपाईँलाई एक पुरुषको रुपमा चिन्दछु । यसलाई पालना गर्नुहोस्, जसलाई तपाईँ अनुभव गर्नुहुन्छ । यी तपाईँको उपहार हो ।




