एजेन्सी । शाहरुख खानका छोरा आर्यान खानको जमानतको सुनुवाई आज मुम्बई अदालतमा हुँदैछ । आज आर्यान खानको भाग्यको फैसला हुनेछ । यदि आर्यान र अन्य ८ आरोपीको जमानतको निवेदन खारेज भयो भने उनीहरुलाई आर्थर रोड जेलमा लगिनेछ ।
यसैबीच फराह खानले आर्यानको रिहाईको कामना गरेकी छिन् । आज आर्यानकी आमा गौरीको जन्मदिन हो । फराहले उनलाई जन्मदिनको बधाई दिँदै आर्यानका लागि कामना गरेकी हुन् ।
शाहरुख र गौरी खानको तस्वीर सेयर गर्दै उनले लेखेकी छिन्, ‘आमा जस्तो शक्तिशाली केही हुँदैन । आमा–बुवाको प्रार्थनाले पहाडलाई पनि हल्लाउन सक्छ, समुन्द्रलाई अलग गर्न सक्छ । सबैभन्दा शक्तिशाली आमा र व्यक्तिलाई जन्मदिनको शुभकामना । गौरी खान आज म तिमीलाई जन्मदिनको बेस्ट उपहार मिलोस् भन्ने कामना गर्दछु ।’
गौरी खानको छोरी सुहानाले पनि उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।




