एजेन्सी । ड्रग्स केसमा पक्राउ परेका सुपरस्टार शाहरूख खानका छाेरा आर्यन खान आर्थर रोड जेलमा छन् । मुम्बइका चर्चित वकिल सतीस मानशिन्दे आर्यन खानकाे केस लडिरहेका थिए । अहिले शाहरूखले आर्यनकाे केसका लागि नयाँ वकिल हायर गरेका छन् ।
शाहरुख खानले अमित देसाईलाई हायर गरेका हुन् । अमित देसाईले २००२ हिट एण्ड रन केसमा सलमान खानलाई सफाइ दिलाएका थिए । अमित देसाई अब आर्यन खानलाई जेलबाट बाहिर निकाल्ने जिम्मेवारी उठाउने छन् ।
११ अक्टाेबरमा अमित आर्यनका लागि अदालत गएका थिए । एनसीबी काउन्सिलले आफ्नो जवाफ दाखिला गर्न तथा अनुसन्धानका लागि एक हप्ताकाे समय अदालतसँग मागेपछि अदालतले आर्यनकाे जमानतकाे निवेदन खारेज गरेकाे थियाे ।
आर्यन पछिल्लाे १ हप्तादेखि जेलमा छन् । उनका अनुसार जमानत आवेदन अनुसन्धानमा निर्भर रहँदैन । उनी भन्छन्, ‘म बेलकाे लागि बहस गर्दिन । मैले तारिखकाे लागि बहस गरिरहेकाे छु । प्रशासनिक कारणले कसैकाे स्वतन्त्रतामा कटाैती हुनु हुँदैन । जहाँसम्म आर्यनको सवाल छ, अधिकतम सजाय एक बर्ष हुन सक्छ । आर्यनविरुद्ध कुनै प्रमाण छैन न त उनीबाट कुनै सामग्री नै भेटिएको छैन ।




