एजेन्सी । बिग बाेस सिजन १४ मा सहभागीता जनाएकी निक्की तम्बाेली चर्चामा छिन् । बिगबाेस बाट चर्चा कमाएकि निक्की अहिले कयाैँ रियालिटी शाेहरूमा अतिथि बनेर सहभागी भइरहेकि छिन् । उनकाे कयाैँ म्युजिक भिडियाे पनि रिलिज भएकाे छ ।
त्यसाे त निक्की आफ्नो व्यक्तिगत जीवनबारे खासै कुरा गर्दिनन् । उनले एक अन्तर्वार्तामा भने आफ्नो बाेइफ्रेण्डबारे बताएकी छिन् । उनका अनुसार बाेइफ्रेण्डका कारण उनी कलेज समेत जान पाइनन् । उनकाे अभिभावकले कलेज जान बन्द गरिदिएका थिए ।
यद्यपी निक्कीले ती प्रेमीसँग ब्रेकअप गरेकि छैनन् । आरजे सिद्धार्थ कननसँग कुराकानीका क्रममा निक्कीले भनेकि छिन्, ‘कलेजमा मेराे एक प्रेमी थियाे । अफेयरबारे घरमा थाहा भएपछि मलाई कलेज जान रोक लगाइयो ।’
उनी थप्छिन्, ‘ती युवक मेराे कलेजका थिएनन् । कलेज बाहिरका थिए । बुवाले भन्नुहुन्थयाे – तिमी कलेजमा पढ्न जान्छाै, बाहिरकाे केटासँग कसरी मित्रता गाँसियाे ?’ ती युवकसँग अझै पनि उनी प्रेममा छिन् ।




