एजेन्सी । बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई गत अक्टोबर २ मा मुम्बई प्रहरीले पक्राउ गर्यो । समुद्री किनारमा क्रूज सिपमा लागूऔषध सेवन गरिरहेको अवस्थामा मुम्बई प्रहरीले उनीसहित ८ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले हिरासतमा राखी उनीमाथि लागूऔषध मुद्दा चलाएको छ । यस बीचमा आर्यनको पक्राउ बारे अनेक प्रतिक्रिया पनि आए । धेरैले आर्यन निदेश भएको समेत दावी गरेका छन् ।
बुधबार आर्यनको जमानत बारे भएको बहसमा उनका वकिल अमित देसाइले उनी क्रूज सिपमा त्यस साँझ उपस्थित नै नभएको दावी गरेका छन् । वरिष्ठ अधिवक्ता देसाइका अनुसार आर्यन खान र अरबाज मर्चेन्ट प्रवेशद्वारमा पुग्नुअघि नै त्यहाँ प्रहरीले छापा मारिसकेका थिए ।
साथै आर्यनको साथबाट केही पनि चिज फेला नपरेको वकिलको जिकिर छ । साथै उनको साथमा पैसा समेत नभएको र आर्यनको पक्राउ परेका अरु युवाहरुसँग सम्बन्ध नभएको वकिलले तर्क गरेका छन् ।
मुम्बई प्रहरीको लागूऔषध नियन्त्र शाखाले भने आर्यन उक्त समूहमा सहभागी भएको खुलासा गर्दै उनलाई जमानत दिन नमिल्ने बताएको छ । आर्यन खानका वकिलले भने उनलाई फसाइएको तर्क गरेका छन् ।
आर्यनको साथमा केही नभएकाले उनीमाथि गलत आरोप लगाइएको वकिलको जिकिर छ । गत अक्टोबर २ को राति शाहरुखका २३ वर्षीय छोरा आर्यनसहित ८ युवाहरु समुद्री किनारस्थित क्रूज सिपबाट लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।




