एजेन्सी । अघिल्लो दिन आर्यान खानको जमानत निवेदनमाथि मुम्बई सेसन अदालतमा सुनुवाई भएको थियो । अदालतले दुबै पक्षको बहस सुनेपछि निर्णय सुरक्षित राखेको थियो । आज फेरि आर्यानको जमानतलाई लिएर अदालतमा सुनुवाई हुँदैछ । उनी आर्थर रोड जेलमै रहन्छन् या छुट्छन्, त्यसको फैसला आज हुँदैछ ।
आर्यानलाई आज जमानत मिलेन भने उनी थप पाँच दिनसम्म जेलमा नै रहने छन् । किनकी १५ देखि १९ अक्टोबरसम्म मुम्बई सेसन कोर्ट बन्द रहने छ । साँझ ५ बजेसम्म आर्यानको जमानतको फैसला आउने सम्भावना छ । अदालतमा अहिले एनसीबीले आफ्नो तर्क तथा दाबी प्रस्तुत गरिरहेको छ । एनसीबीको तर्फबाट भनिएको छ कि दुबैलाई ठोस प्रमाणको आधारमा पक्राउ गरिएको हो । ड्रग्स र्याकेटको विदेशी लिंकबारे अनुसन्धान हुनुपर्छ ।
एनसीबीका अनुसार अभियुक्तहरु यसअघि पनि लागुऔषध सेवन गर्दै आएका छन् । आर्यान र अरबाज दुवैको ह्वाट्सएप च्याट पनि जाँच गर्नुपर्छ । जुन ड्रग्स क्रूज शिपमा बरामद भएको थियो, त्यो केवल अरबाज मर्चेन्टको लागि मात्र थिएन । आर्यन खान पनि त्यसको उपभोग गर्नेवाला थिए । यदि जहाज त्यहाँबाट हिँड्थ्यो, पार्टी सुरु हुन्थ्यो भने सबै आरोपीले ड्रग्स लिन्थे ।




