एजेन्सी । अभिनेता सिद्धार्थ शुक्लाको अचानक भएको निधनले बलिउड इन्ड्रस्टि नै स्तब्ध बन्यो । अभिनेता शुक्लाको हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भयो । सिद्धार्थको निधनपछि उनको परिवार, साथीभाइसँगै शहनाज गिल पनि गहिरो पीडामा परिन् ।
सिद्धार्थको निधनपछि शहनाज अहिलेसम्म बोलेकी थिइनन्, सामाजिक सञ्जालमा पनि त्यति सक्रिय रहिनन् । हालसालै उनले एक अन्तर्वार्तामा सिद्धार्थलाई गुमाउनुको पीडा पोखेकी छिन् ।
शहनाज भन्छिन्, ‘जोसँग हामी प्रेम गर्छौँ, त्यो व्यक्तिसँग भावनात्मक लगाव स्वतः हुन्छ । केवल एक आमालाई नै थाहा हुन्छ, वास्तवमा प्रेम कस्तो हुन्छ र म यो बुझ्न सक्छु । किनकी मेरी आमा मलाई निकै प्रेम गर्छिन् । सिद्धार्थको निधनपछि रीता आन्टी निकै टुट्नु भएको छ ।’
अहिले उनको चलचित्र ‘हौसला रख’ १५ अक्टोबरमा सिनेमा घरहरुमा रिलिज हुँदैछ । उनी अहिले आफ्नो पञ्जाबी चलचित्रको प्रचारमा व्यस्त छिन् । शहनाज यस चलचित्रमा दिलीजीत दोसाँझसँग देखिँदै छिन् । यस चलचित्रमा सोनम बाजवा पनि मुख्य भूमिकामा छिन् ।




