एजेन्सी । कार्तिक आर्यान आजभोलि माउन्टेन बोइ बनेका छन् । पहाडमा छुट्टी मनाइरहेका कार्तिक आफ्नो तस्वीर सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गरिरहेका छन् । यद्यपी कार्तिक आर्यानको फोटोलाई कपी भनिरहेका छन् । वास्तवमा कार्तिकको तस्वीरमा पोज परिणीति चोपडाको जस्तै छ ।
परिणीति चोपडा केही समय पहिले नेपाल आएकी थिइन् । यहाँ उनी आफ्नो चलचित्र उँचाइको सुटिङ गरिरहेकी छिन् । साथै परिणीति आफ्ना तस्वीरहरु पनि सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । केही समय पहिले परिणीतिले सार्वजनिक गरेको तस्वीरमा उनी सगरमाथा क्षेत्रमा देखिएकी थिइन् । त्यतिबेलाको पोज जस्ताको तस्तै कपि गर्दै आर्यानले पनि तस्वीर सार्वजनिक गरेका थिए । परिणीतिले आफ्नो र कार्तिकको तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘मेरो कार्तिक आर्यान, तपाईँ के भन्नुहुन्छ ?

परिणीतिले सेयर गरेको तस्वीरमा कार्तिकलाई पनि ट्याग गरेकी थिइन् । कार्तिकले परिणीतिको स्टोरीलाई सेयर गर्दै लेखेका छन्, ‘परी, मलाई कपि गर्न बन्द गर ।’ यसको जवाफमा परिणीतिले लेखेकी छिन्, ‘म डाइट माउन्टेनबाट सुन्न चाहन्छु कि यो कसले कसको कपि गर्यो ।’




