एजेन्सी । विक्की कौशल आजभोलि आफ्नो चलचित्र ‘सरदार उधम’ को सफलता र प्रसंसा इन्जोय गरिरहेका छन् । विक्की लगातार आफ्नो चलचित्रको प्रमोशनमा लागिरहेका छन् । यसैबीच उनले कटरिना कैफसँगको सम्बन्धबारे पनि केही कुराहरु खोलेका छन् ।
केही साता पहिले विक्की र कट्रिनाको इन्गेज्मेन्टको खबर सार्वजनिक भएको थियो । त्यस क्रममा एउटा पुरानो तस्वीर पनि भाइरल भएको थियो । एक अन्तर्वार्ताका क्रममा विक्कीले यसबारे स्पष्टिकरण दिएपछि यो हल्ला मात्रै भएको प्रमाणित भयो ।
अन्तर्वार्ताका क्रममा कट्रिनासँगको सम्बन्ध र इन्गेज्मेन्टबारे सोधिएको थियो । जवाफमा विक्कीले भनेका छन्, ‘यो खबर तपाईँकै साथीहरुले फैलाएका हुन् । सही समय आएपछि म छिट्टै बिवाह गर्छु ।’
विक्की र कट्रिना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक भइरहेका छन् । यद्यपी दुवैले सम्बन्धबारे पुष्टि भने गरेका छैनन् । दुवै जना साथमा समय बिताइरहेका छन् । विक्की धेरै पटक कट्रिनाको घरमा उनलाई भेट्न गएको पनि देखिएको छ ।




