काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र हाँस्य कलाकार जीतु नेपालले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छ्न् । करिश्मा र जीतु बुधबार नेता ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । ओलीले सामान्य भेटघाटका लागि आफुलाई बोलाएको अभिनेत्री करिश्माकाे भनाइ छ ।
ओलीसँगकाे भेटवार्तका क्रममा खिचिएकाे तस्वीर राख्दै करिश्माले लेखेकी छिन्, ‘केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिषयमा एक पोष्ट गरिन् । उक्त पोष्टमा आफुलाई ओलीको फोन आएको जानकारी दिएकी थिइन् ।’
यस्तै जीतुले पनि ओलीलाई भेटेर खुशी लागेकाे बताए । ओलीकाे व्यवहारबाट आफू प्रभावित भएको उनको भनाइ छ । जीतुले लेखेका छन्, ‘आज आदरणीय माननीय कोमल वली दिदी सहित पुर्व प्रम तथा एमालेका अध्यक्ष ज्यूको निवास बालकोटमा भेटघाट र प्रतक्ष्य गफगाफ भयो ।आफुलाई भेट्न आउने जो कोहीलाई पनि स-सम्मान आदरपूर्वक खुलेर कुरा गर्ने र महत्वो दिने पुर्व प्रम तथा नेकपा एमालेका अध्यक्ष आदरणिय के.पी वली ज्यूको व्यवहार बाट प्रभावित भएँ । नेपाली कलाकार गित सँगीत र श्रस्टा प्रती सधै माया,सद्भाव,चासो र जानकारी राख्नु हुने पुर्व प्रमज्यूलाई मनै देखि हार्दिक नमन ।’
केही समयअघि कक्षा १२ काे परीक्षा सुरू हुनु केही दिनअघि करिश्मालाई नेता ओलीले फाेन गरेर शुभकामना दिएका थिए । त्यतिबेला करिश्माले सार्वजनिक गरेकाे कल डिटेल फेक भएकाे टिकाटिप्पणी समेत भएकाे थियाे ।





