एजेन्सी । अनन्या पाण्डे र शाहरूख खानका छाेरा आर्यानबीचकाे तीन च्याट एनसीबीका लागि अत्यन्तै महत्वपूर्ण छ । २०१८ देखि २०१९ को बिचमा भएकाे यो च्याट गाँजाको विषयलाई लिएर भएको थियो । ड्रग्सकाे विषयमा आर्यानसँग कुराकानी भएकाे भेटिएपछि अनन्याको दुवै फोन एनसीबीले जफत गरिसकेको छ ।
हिजो र आज दुई दिन भएको सोधपुछका क्रममा एनसीबीका कयौँ प्रश्नमा अनन्याले ‘राम्रोसँग याद भएन’ टारेकी छिन् । एनसीबीका सिनियर अफिसरका अनुसार अनन्याले एक च्याटमा आर्यानसँग गाँजा पहिले नै ट्राइ गरेको र फेरि ट्राइ गर्न चाहेको बताएकी छिन् । अर्कोतर्फ आर्यानले ‘केही व्यवस्था हुन सक्छ ?’ भनेर अनन्यासँग सोधेका थिए । अनन्याले ‘म व्यवस्था गरिदिन्छु’ भन्ने जवाफ दिएकी थिइन् ।
एनसीबीले उक्त विषयमा च्याट देखाएर प्रश्न गरेको थियो, जसमा अनन्याले त्यो केवल एक मजाग भएको जवाफ दिएकी छिन् ।
यद्यपी एनसीबीलाई अनन्याले च्याटमा लगातार प्रश्न गरेपछि उनले आर्यानसँग जति पनि कुराकानी भएका छन्, केवल चुरोटलाई लिएर भएको, ड्रग्सबारे नभएको दाबी गरेकी छिन् । यस्तै अनन्याले आफूले पनि आजसम्म ड्रग्स नखाएको बताएकी छिन् । दुई दिनको सोधपुछ र घरमा छापा मार्दा समेत अनन्याले आर्यानका लागि ड्रग्सको व्यवस्था गरिदिएको पुष्टि हुने प्रमाण एनसीबीले फेला पार्न सकेको छैन ।
अनन्या पाण्डे अभिनेत्री चंकी पाण्डेकी छोरी हुन् । शाहरुख र चंकीका छोराछोरीको राम्रो मित्रता छ । अनन्या, शाहरुखकि छोरी सुहानाको सानैदेखिको सबैभन्दा राम्रो साथी हुन् । आर्यानसँग पनि उनको मित्रता राम्रो छ । अनन्याले फिल्म स्टुडेन्ट अफ द ईयरबाट बलिउडमा डेब्यु गरेकी थिइन्, जसलाई करण जोहरले निर्माण गरेका थिए ।
एनसीबीका अनुसार आर्यान र अनन्याबीच धेरै पटक नसाको विषयमा कुराकानी भएको देखिएको छ ।




