काठमाडौं । अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धले कला क्षेत्र तरंगित भइरहेका बेला समिक्षाले यस विषयमा बोलेकी छिन् । पलसँग जोडिएर आएका समाचार सबै कपोकल्पित भएको भन्दै उनले गम्भीर ध्यानाकर्षण जनाएकी छिन् ।
समिक्षा लेख्छिन्, ‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्रहत्या भएको छ । यसका साथसाथै पलजीको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिरहेका छन् । यसो नगर्नुहुन म अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामिलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछ ।’
एउटै क्षेत्रमा भएका कारण पलले मलाई अभिभावकको रुपमा आफूलाई माया गर्ने उनको भनाइ छ । उनले लेखेकी छिन्, ‘उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई माया गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया, संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ र हामिबीच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौँ ।’
उनले पलसँग जोडिएर आएका समाचारको पछि नलाग्न आफ्ना शुभचिन्तक तथा फ्यानहरुलाई अनुरोध समेत गरेकी छिन् ।





