एजेन्सी । बलिउड निर्देशक जोया अख्तरले आफ्नो नयाँ फिल्म घोषणा गरेकी छिन् । जोयाको यो प्रोजेक्ट नेटफ्लिक्समा स्ट्रिम हुनेछ। सामाजिक सञ्जालमा यस प्रोजेक्टको जानकारी दिँदै जोयाले ‘आर्ची कमिक्स’ को स्क्रिनसट सेयर गरेकी छिन् ।
आफ्नो पोस्टमा जोया अख्तरले फिल्मको स्टारकास्ट खुलासा गरेकी छैनन् । तर जोयाको फिल्ममा सुहाना खान (शाहरुख खानकी छोरी), अगस्त्य नन्दा (अमिताभ बच्चनका नाति) र खुशी कपुर (बोनी कपूरकी छोरी) मुख्य भूमिकामा रहने खबरहरु सामाजिक सञ्जालमा छाएका छन् । यी तीन स्टार किड्स जोया अख्तरको फिल्मबाट डेब्यु गर्ने चर्चा थियो । यो लिस्टमा इब्राहिम अली खानको पनि नाम छ । यद्यपी सुहाना, खुशी र अगस्त्यको कास्टिङबारे आधिकारिक बयान भने आएको छैन । न त यी स्टारकिडहरूले उनीहरूको कास्टिङमा प्रतिक्रिया दिए ।
जोयाको यो फिल्मको नाम द आर्चिज हुनेछ । यसमा चार साथीको कथा हुनेछ । जसमा उनको किशोर जीवन देखाइनेछ । यसमा लभ ट्रयाङ्गल पनि हुनेछ । आर्ची ग्याङको यो देसी संस्करण भारतीय फ्यानहरुलाई निकै मन पराउनेछन् । यो म्युजिकल ड्रामा जोया अख्तरले निर्देशन गरेकी हुन् । यस प्रोजेक्टका लागि जोयाले रीमा कागतीसँग हात मिलाएकी छिन् ।
जोयाको नयाँ फिल्मको घोषणा भएदेखि नै सामाजिक सञ्जालमा निकै हलचल भएको छ । सोनाक्षी सिन्हा, दीपिका पादुकोण, महिप कपूरलगायत धेरै सेलिब्रेटीहरूले कमेन्ट सेक्शनमा आफ्नो उत्साह देखाएका छन् । जोया यस परियोजनाको लागि धेरै उत्साहित छिन् । जोयाले आफ्नो एक बयानमा आर्ची कमिक्स उनको बाल्यकाल र किशोरावस्थाको महत्वपूर्ण हिस्सा रहेको बताएकी थिइन् । यसका पात्रहरू प्रतिष्ठित छन्, जसले विश्वव्यापी रूपमा मानिसहरूको माया पाएका छन् ।
पर्दामा अमिताभका नाती र शाहरूखकि छाेरीकाे जाेडी बाँधिएकाे देख्न दर्शकहरू आतुर छन् ।




