एजेन्सी । सुपरस्टार शाहरुख खान बलिउड उद्योगमा सबैभन्दा चर्चित अभिनेता मध्ये एक हुन् । शाहरुखले आफ्नो प्रतिभा र मिहिनेतले अरबाैँ दर्शकको मन जितेका छन् । तर एउटै उद्याेगका अभिनेत्रीहरुले उनीसँग काम गर्न अस्वीकार गरे । यसमा श्रीदेवीदेखि करिश्मा कपूर, सोनम कपूर, कंगना रनौत, दक्षिण अभिनेत्री सामन्था रुथ र हेमा मालिनीसम्मको नाम समावेश छ ।
बलिउड लाइफको एक रिपोर्ट अनुसार सोनम कपुरले शाहरुख खानसँग कहिल्यै काम गरेकी छैनन् । शाहरुख र उनको केमेस्ट्री पर्दामा राम्रो नहुने उनको विश्वास छ । यो जोडीलाई दर्शकले पनि मन पराउँदैनन् ।
यस्तै बलिउडकी ‘क्वीन’ कंगना रनौत ती अभिनेत्रीमध्येकी एक हुन् जसले फिल्म उद्योगका तीन खानमध्ये कसैसँग पनि काम गरेकी छैनन् । कंगना रनौतलाई फिल्म ‘जिरो’ अफर आएको थियो तर कंगनाले मानिनन् । कंगनाले आफू शाहरुख खानको फ्यान भएका कारण कहिले पनि आफ्नो सीमा ननाघ्ने बताएकी थिइन् ।
करिश्मा कपूरले पनि शाहरुख खानको फिल्म ‘कुछ कुछ होता है’ अस्वीकार गरेकि थिइन् । करिश्मा बाहेक ट्विंकल खन्ना, रविना टण्डन, तब्बु र उर्मिला मातोन्डकरले पनि यो फिल्म गर्न अस्वीकार गरेका थिए ।
सामन्था रुथलाई साउथ फिल्म निर्देशक एटली कुमारले शाहरुख खानसँग अभिनय गर्न फिल्म अफर गरेका थिए तर अभिनेत्रीले व्यक्तिगत कारणले फिल्म गर्न अस्वीकार गरिन् । फिल्मको नाम फाइनल नभए पनि ‘लायन’ नामबाट रिलिज हुन सक्ने बताइएको थियाे । यस फिल्ममा मुख्य अभिनेत्रीको भूमिका साउथ सुपर लेडी नयनतारालाई दिइएको थियो ।
धेरै मिडिया रिपोर्टहरूले दावी गरेका छन् कि हेमा मालिनीलाई लाग्छ कि शाहरुख खानले ओभरएक्टिङ्ग गर्छन् । यस्तो अवस्थामा हेमा मालिनीले पनि उनीसँग आजसम्म काम गरेकी छैनन् ।
श्रीदेवी शाहरुख खानको फिल्म ‘जिरो’ मा अतिथि भूमिकामा देखिएकी थिइन् । यशराजको सुपरहिट फिल्म ‘डर’ मा मुख्य भूमिकाको अफर पहिले श्रीदेवीलाई भएको थियो तर अभिनेत्रीले त्यो अफर अस्वीकार गरिन् । श्रीदेवीले यस भूमिकालाई अस्वीकार गरेकी थिइन् किनभने उनले आफ्ना यसअघिका धेरै फिल्ममा यस्ता भूमिका निर्वाह गरिसकेकि थिइन् ।




