एजेन्सी । विक्की कौशल र कट्रिना कैफको विवाह डिसेम्बरमा हुने बलिउडमा चर्चा छ । विक्की र कट्रिनाको विवाहस्थलदेखि लिएर उनीहरुको घर, होटलको कोठाको खर्च, पाहुनाको सूचीलगायतका कुराहरु बारम्बार सार्वजनिक भइरहेका छन् । यसैबीच विक्की कौशलले आफूलाई कस्तो श्रीमती चाहेकाे भन्नेबारे बताएका छन् ।
विक्की कौशल एडभेन्चर शो इनटू द वाइल्डमा देखिने भएका छन् । विक्कीले शोका होस्ट बियर ग्रिल्ससँग धेरै कुरा गरेका छन् । विक्कीले बियरसँगको कुराकानीमा आफूलाई घर जस्ताे अनुभूति दिने केटीसँग विवाह गर्न चाहेको बताए । दम्पतीका रुपमा समझदारी हुनुपर्ने पनि उनले बताए । दुवैले एकअर्काको सबल र कमजोरी जान्नुपर्ने र दुवैले एकअर्कालाई राम्रो बन्न प्रेरित गर्नुपर्ने उनी बताउँछन् ।
बिहेको कुरा गर्ने हो भने विक्की कौशलले क्याट्रिना कैफसँग राजस्थानमा बिहे गर्दैछन् । उनले यो विवाहमा आफ्ना साथीहरूलाई निम्तो दिएका छैनन् । बिहेको खबरले कट्रिना निकै दु:खी भएको बताइएको छ । उनी आफ्नो व्यक्तिगत जीवनबारे बाहिर कुरा गर्न चाहँदिनन् ।
विक्की र कट्रिनाको विवाहको लागि राजस्थानको सवाई माधोपुरमा रहेको सिक्स सेन्स फोर्ट होटल बुक गरिएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १२ सम्म चल्ने छ । दुवै जना राजस्थान पुगिसकेका छन् । विवाहपछि विक्की र कट्रिना जुहुको भवनमा रहेको विलासी अपार्टमेन्टमा बस्नेछन्, अनुष्का शर्मा र विराट कोहली उनका छिमेकी हुनेछन् ।




