काठमाडाैं । चलचित्र ‘सत्यम्’ बाट मलिका महत बाहिरिएसँगै उपासना सिंह ठकुरी भित्रिएकि छिन् । महँगो बजेटमा बन्न लागेको यो चलचित्र छायांकन सुरु हुनै लाग्दा मलिकाले छोडेपछि उनको ठाउँमा उपासना सिंह ठकुरी आउन लागेकी हुन् ।
शुरुमा यो चलचित्रमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम गरिनन् । उपासनाले काम नगरेपछि यसको निर्माणपक्षले नायिका मलिका महतसँग सम्झौता गर्यो । मलिका चलचित्रको वर्कसपमा पनि सहभागी भइन् । तर, वर्कसपमा सहभागी भइरहेको समयमा नै मलिकाले अध्ययनकाे कारण देखाउँदै चलचित्र छाड्ने निर्णय गरिन् ।
मलिका बाहिरिएपछि निर्माणपक्षले फेरि नायिका उपासना सिंह ठकुरीलाई नै चलचित्रमा काम गर्न राजी गराएकाे हाे । अब चाँडै नै चलचित्रको छायांकन शुरु हुने निर्देशक शंकर कार्कीले जानकारी दिए । रेशम सापकोटाको निर्माण गर्ने यो चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, उपासना सिंह ठकुरी, पल शाह, नीलम चन्द लगायतका कलाकारको अभिनय रहनेछ ।




