एजेन्सी । बलिउड इन्डस्ट्रीका लभबर्ड राजकुमार राव र पत्रलेखाले राजकुमार राव र पत्रलेखाले जीवनको नयाँ यात्रा सुरु गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका छन् । राजकुमार राव र पत्रलेखाले १५ नोभेम्बरमा सदाका लागि एकअर्काको हात थामेका हुन् ।
दुवैको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । सिउँदाेमा रातो सिन्दुर भरेकि पत्रलेखालाई निकै नै सुन्दर देखिएकाे छ । बिवाहकाे खुशी दुबैको अनुहारमा प्रष्ट देखिन्छ । राजकुमार राव र पत्रलेखाले आफ्नो खुसी फ्यानसँग बाँडेका छन् ।
दुवै सेलिब्रेटीले इन्स्टाग्राममा विवाहको तस्बिर सेयर गरेर एकअर्कालाई सुन्दर नोट लेखेका छन् । राजकुमार रावले लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र रमाइलोपछि मैले आफ्नो सबै कुरासहित विवाह गरेको छु । मेरो आत्मीय साथी, मेरो सबैभन्दा मिल्ने साथी, मेरो परिवार । तिम्रो श्रीमान् बन्न पाउनु भन्दा ठुलो खुशी आज मेरो लागि अरु केही छैन ।’
पत्रलेखाले लेखेकी छिन्– ‘आज मेरो सबैथोकसँग विवाह भएको छ । मेरो प्रेमी, अपराधमा साझेदार, मेरो परिवार, मेरो जीवनसाथी । विगतका वर्षहरूको मेरो सबैभन्दा मिल्ने साथी । उसकाे श्रीमती बन्नु भन्दा ठूलो खुसी अरु केही छैन ।’
पत्रलेखा र राजकुमार राव ११ वर्षसम्म सम्बन्धमा थिए । अब ११ वर्षपछि उनीहरुले औपचारिक रुपमा आफ्नो सम्बन्धमा मोहर लगाएका छन् । पत्रलेखा संघर्षको दिनदेखि राजकुमार रावसँग छिन् र त्यसैले अभिनेताले उनलाई आफ्नो जीवनसाथी बनाउने निर्णय गरे।




