काठमाडाैं । गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने भएकी छिन् । आगामी मंसिर ५ गते झापा चारपाने निवासी निर्माण सिटौलासँग प्रविशाले विवाह गर्न लागेकी हुन् । बिवाह समाराेह झापामै आयोजना गरिएको छ । प्रविशा पनि झापाकी नै हुन् ।
निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् ।
पछिल्लो समयकी प्रविशा रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जजकाे भूमिकामा छिन् ।
प्रविशाले नेपाली चलचित्रका दर्जनौ गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि उनको चर्चा झनै चुलिएको थियो ।




