एजेन्सी । बलिउड अभिनेता सोनू सूद सामाजिक सञ्जालमा छाइरहन्छन् । कहिले आफ्नो राम्रो कामका कारण त कहिले फिल्मी प्रोजेक्ट र तस्विरका कारण सोनु सूद चर्चामा रहन्छन् । सोनू सूदलाई कहिलेकाहीँ ट्रोलिङको सामना पनि गर्नुपर्छ ।
अभिनेताको नयाँ ट्वीटले प्रयोगकर्ताहरूलाई उनलाई ट्रोल गर्ने बहाना दिएको छ । सोनू सूदले ट्वीटरमा दुई तस्विर शेयर गरेका छन् । उनी पञ्जाबमा छन् । पञ्जाबको माटोको सुगन्ध सुनाउँदै सोनू सूदले तस्विर शेयर गरेका छन् । यी तस्बिरहरू सेयर गर्दै सोनू सूदले क्याप्शनमा लेखेका छन्- ‘मेरे पञ्जाब दी मिट्टी दी खुशबू ।’
तस्विरमा कलाकार गाईको गाेबर अगाडि पोज दिइरहेका छन् । सोनू सूदको यो ट्विट पोस्ट गरेपछि प्रयोगकर्ताहरुले मजाक बनाउन सुरू गरेका छन् । कमेन्ट बक्समा सोनू सूदको खिल्ली उडाउने धेरै ट्विटहरु आइरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन् – ‘सर, तपाईँँ जसलाई माटो ठान्नुहुन्छ वास्तवमा त्याे गाईको गोबर हो ।’ एक अर्का प्रयोगकर्ताले ट्वीट गर्दै सोनूको आलोचना गरेका छन्, उनलाई सम्झना दिलाएका छन् कि उनी माटो होइन गाईको गोबर नजिकै बसेका छन्।
सोनू सुदको वर्कफ्रन्टको बारेमा कुरा गर्दा उनको आगामी फिल्म पृथ्वीराज चौहान हो । उनी अक्षय कुमार, मानुषी छिल्लरको फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन् । सोनु सुद सामाजिक कार्यका कारण चर्चामा रहन्छन् ।




