एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफकाे सुन्दरतामा जाे काेहि फिदा हुन्छन् । अभिनेत्री सलमान खानसँगको घनिष्ठता र रणवीर कपूरसँगको अफेयरका कारण चर्चामा रहिन् । अहिले विक्की कौशलसँगको बिवाहबारे चर्चा चलिरहेकाे छ तर उनी माैन छिन् ।
अहिलेसम्म यस सम्बन्धमा दुवैकाे तर्फबाट कुनै पुष्टि भएको छैन । तर, अहिले केही रिपोर्टमा विक्कीसँगको विवाहबारे अहिलेसम्म किन मौन बसेकी छिन् कट्रिना भन्ने कुरा बाहिर आएको छ ।
वास्तवमा, प्रेममा कट्रिना कैफको मन टुटेको छ र असफल सम्बन्धका कारण उनको करियरमा समेत असर परेको छ । रणवीरसँगकाे सम्बन्ध टुट्दा उनी निकै टुटेकि थिइन् । यो सम्बन्ध टुटेपछि उनी निकै स्तब्ध भइन् । यसको असर उनको फिल्मी करियरमा पनि पर्याे ।
यद्यपि यसपछि कट्रिनाले उत्कृष्ट कमब्याक गरेकी थिइन् । उनले आफ्नो अभिनयले सबैलाई प्रभावित मात्र गरेकी थिइनन्, आफ्नो व्यक्तिगत जीवनमा पनि प्रगति हाँसिल गरिन् । अब कट्रिनाले आफ्नो नयाँ पार्टनर रोजेकी छिन् र उनी यसलाई गुमाउन चाहँदिनन् ।
उनी आफूलाई फेरि निराश बनाउने पक्षमा छैनन् । जसका कारण उनले विक्कीसँगको आफ्नो सम्बन्धलाई संसारको नजरबाट टाढा राख्दै बिहेअघि खुलासा गर्न पनि हिचकिचाइरहेकी छिन् । विवाह भएपछि उनले यो कुरा फ्यानसँग खुलासा गर्ने अपेक्षा गरिएको छ ।
कट्रिना र विक्की आफ्नो सम्बन्धलाई लिएर खासै नखुले पनि दुवैको सार्वजनिक रुपलाई नजरअन्दाज गर्न सकिँदैन । दुवै जना कुनै न कुनै अवसरमा सँगै देखिएका छन् र दुबैको सुन्दर बन्धनले फ्यानहरुको मुहारमा मुस्कान पनि ल्याएको छ । रिपोर्टका अनुसार विक्की कौशल र कट्रिना कैफ डिसेम्बर २०२१ को पहिलो हप्तामा विवाह बन्धनमा बाँधिदैछन् । दुवैले राजस्थानमा शाही विवाहको योजना बनाएका छन् ।




