एजेन्सी । सैफ अली खान र करिना कपुर केही महिनाअघि बान्द्रास्थित आफ्नो नयाँ घरमा सरेका छन् । यसअघि उनी फर्च्युन हाइट्स अपार्टमेन्टमा बस्थे । यस घरसँग उनीहरूका धेरै मीठा सम्झनाहरू जोडिएका छन्, तर केही सम्झनाहरू छन् जुन यो जोडीका लागि धेरै अनौठो थियो । यशराज फिल्म्सले शेयर गरेको भिडियोमा सैफले आफ्नो अनौठो अनुभव सेयर गरेका छन् ।
भिडियोमा रानी मुखर्जीले सैफलाई फ्यानसँग कहिल्यै यादगार भेट भएको छ भनी सोध्छिन् । यसबारे सैफले त्यो घटनाको बारेमा विस्तृतमा‘ उनी भन्छन्– ‘मै खिलाडी तू अनाडी’ फिल्ममा यस्तो दृश्य भएकोले मलाई धेरै अघि कसैले रगतले लेखेको चिठी पठाएको थियो । त्यसपछि अर्को एउटा चिठ्ठी आयो जसमा लेखिएको थियो ‘ये मेरा खून है’ जुन अलि विचित्र थियो ।’
सैफले आफ्नो पुरानो घरमा भएको अर्को घटनाको उल्लेख गरे । ‘हामीले ढोका खोल्यौँ, एक अपरिचित महिला घरभित्र पसिन्, मलाई हेरिन् र भनिन्, ‘तपाईं यहाँ बस्नुहुन्छ ?’ महिलाको यो कार्यले रानी मुखर्जी स्तब्ध भइन् र सैफलाई सोधिन् कि उनी सैफको घरमा कसरी आइन् ? यसमा सैफले भने, ‘मलाई थाहा छैन, उनी पूर्ण आत्मविश्वासका साथ सीधै हाम्रो घरभित्र आइन् । लगाइ राम्रै थियो, केही गलत लागेन, कसैले रोकेको पनि थिएन ।’
‘ढोकाको घण्टी बजाएर भित्र आइन् । म र मेरी श्रीमती उसलाई हेरिरह्यौँ । म डराएँ । करीनाको प्रतिक्रिया यस्तो थियो – ‘के तिमी केही भन्दैनाै ? म के भनाैँ अलमल परेकाे थिएँ । त्यसपछि मैले उसलाई भनेँ– तिमी जानुपर्छ । यहाँ तिमी के गरिरहनु भएकाे ? त्यसपछि उनी ठीक छ भन्दै बाहिर निस्किन् ।’




