एजेन्सी । बलिउड नायिका प्रिति जिन्टा ४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनेकि छिन् । प्रिति आफैँले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् ।
प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् । प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौँ । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।
प्रीति जिन्टाले आफ्नो पोस्टमा थपिन्, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौँ । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौँ । सबैलाई धेरै माया । ’
प्रीतिको यो पोस्टमार्फत् उनी सरोगेसीमार्फत् आमा बनेकी हुन् भन्ने स्पष्ट हुन्छ । प्रीतिले आफ्नो नयाँ जीवनलाई खुसी खुसी स्वागत गरेकी छिन् ।




