एजेन्सी । केही समययता कट्रिना कैफ र विक्की कौशल बिहेको चर्चामा छन्। पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले अब विवाह गर्न लागेको बताइएको छ। विक्की र कट्रिना दुवैले विवाहको बारेमा अहिलेसम्म मौनता तोडेका छैनन्, अफवाहको बजार तातेको छ ।
यसअघि पनि कट्रिना र विक्की त्यतिबेला चर्चामा आएका थिए, जब केही महिना अगाडि दुवैको सम्बन्ध बन्द भएको खबर बाहिर आएको थियो । मिडिया रिपोर्टका अनुसार रोकाको खबरले दुवै जना यति रिसाए कि उनीहरुबीच झगडा समेत भएको बताइएको छ । यो कुरा मिडियामा कसरी पुग्यो भन्नेमा दुवै अन्योलमा थिए । दुवैको प्राथमिकताका फिल्म रहेका र व्यक्तिगत जीवनका कारण चर्चामा रहन नचाहने भएकाले यो समाचार बाहिरिएकोमा कसको टोली जिम्मेवार छ भन्ने विषयमा दुवैबीच विवाद भएको थियो ।
विक्कीले अफवाह फैलाएकोमा फाेटाेग्राफरलाई दोष दिएका थिए, ‘यो खबर तपाईंका चार साथीहरूले फैलाएका हुन् । उपयुक्त समय आएपछि म छिट्टै बिवाह गर्नेछु । त्यसकाे पनि समय आउनेछ ।’
यसअघि पनि एक अन्तर्वार्तामा कुराकानीका क्रममा अनिल कपुरका छोरा हर्षवर्धनलाई सोधिएको थियो कि उनी इन्डस्ट्रीमा रिलेसनसिपको खबरलाई साँचो मान्छन् कि पीआर काम ? जवाफमा हर्षवर्धनले भनेका थिए, ‘विक्की र कट्रिना सँगै छन् र यो सत्य हो ।’ यति भनिसके लगत्तै हर्षवर्धन कपुरले भने, ‘के म यो कुरा खाेलेर समस्यामा पर्दैछु ?’
केही समययता सञ्चारमाध्यममा विक्की–कट्रिनाले यसै वर्ष विवाह गर्न लागेका खबरहरु आइरहेका छन् । रिपोर्टका अनुसार विक्की र कट्रिनाले बर्वरास्थित सिक्स सेन्सेस बर्वरा फोर्ट होटलमा विवाह गर्नेछन् । सबै समारोह डिसेम्बर ७ देखि १२ सम्म हुनेछ । यसका लागि होटल बुकिङ भइसकेको छ । तर, यसको औपचारिक घोषणा हुन बाँकी छ । होटलले पनि यो भिआइपी विवाहको तयारी सुरु गरेको छ ।




