एजेन्सी । कट्रिना कैफ र विक्की कौशलको विवाहको चर्चाले बजार तातेको छ । यी दुबै बलिउड स्टार व्यक्तिगत जीवनमा अगाडि बढिरहेका बेला करियरमा पनि उचाइ चुलिइरहेकाे छ । कुनै समय ५० हजार पारिश्रमिक लिने यी दुई कलाकार आज करोड कमाउँछन् । विवाहपछि उनीहरुको कुल कमाईले मानिसको होस् उडाउन सक्छ । जानौँ उनीहरूको कमाइको विवरण ।
कट्रिना कैफ बलिउडको ए लिस्ट नायिकामा गनिन्छिन् । एक समाचार साइटको रिपोर्ट अनुसार कट्रिनाले आफ्नो एउटा फिल्मको लागि ११ करोड भारु पारिश्रमिक लिन्छिन् । फिल्मका अलावा कट्रिनाले ब्रान्ड एन्डोर्समेन्टबाट पनि धेरै कमाउँछिन् । उनी स्लाइस, नक्षत्र, लक्स, पानासोनिक, ल्याक्मे र लोरियल जस्ता ठूला ब्रान्डहरूको सेलिब्रेटी प्रवक्ता पनि हुन् । उनी ल्थपबब मा लगानीकर्ता पनि हुन् । यो फेसन अनलाइन वेबसाइटको भारतमा धेरै प्रभाव छ ।
२०१२ मा इकोनोमिक टाइम्सले उनलाई २०१२ को दोस्रो सबैभन्दा प्रमुख एम्बास्डरका बताइएकाे थियाे । सन् २०१४ मा हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार कट्रिनाले ब्रान्ड एन्डोर्समेन्टका लागि ५० देखि ६ करोड रुपैयाँसम्मको पैसा पाएकी थिइन् । त्यसबेलादेखि, उनी सबैभन्दा धेरै पारिश्रमिक लिने सेलिब्रेटीमा गनिन थालिन् ।
कट्रिनाको आफ्नै ब्यूटी ब्रान्ड केय पनि छ । यी उत्पादनहरू Nykaa मा उपलब्ध छन् । यी सबै अभिनेत्रीको आम्दानीलाई गणना गर्ने हो भने उनको वर्षमा कुल कमाई २२४ करोड रुपैयाँ छ ।
अर्कोतर्फ विक्की कौशल पनि आफ्नो करियरको सुनौलो चरणमा छन् । कट्रिनाभन्दा उनी इन्डस्ट्रीमा नयाँ छन् तर उनको कमाई पनि निकै राम्रो छ । उनी एउटा फिल्मको ३ देखि ४ करोड भारु लिन्छन् ।
विक्की पनि धेरै ब्रान्डसँग आबद्ध छन् । फिल्महरू र ब्रान्ड एन्डोर्समेन्टहरू सहित, विक्कीको वार्षिक कुल सम्पत्ति २५ करोड रुपैयाँ छ ।कमाईको मामिलामा कट्रिना अगाडि भए पनि विक्कीले जुन गतिले आफ्नो कमाईको ग्राफ बढाएका छन्, त्यसबाट कट्रिनाकाे बराबरीमा ल्याउन धेरै समय लाग्दैन भन्ने अनुमान गर्न सकिन्छ ।




