एजेन्सी । बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्न लागेकाे खबर चर्चामा छ, गर्भवती भएकाे खबर पनि सार्वजनिक भइरहेका छन् । कतिपयले समाचारमा आँखा चिम्लिएर विश्वास गरिरहेका छन् भने कतिपयले यथार्थ जान्न चाहेका छन् ।
वास्तवमा नेहा कक्कडको गर्भावस्थाको सबै समाचार अफवाह मात्र हुन् । नेहा र रोहनप्रीत अहिले परिवार बढाउने हतारमा छैनन् । राम्रो डाइट लिँदा नेहा कक्कडको तौल बढेको कारण मानिसहरुले उनलाई गर्भवती मान्न थालेका हुन् ।
नेहा कक्कडले आफ्नो युट्युब च्यानलमा ‘लाइफ अफ कक्कड’ नामक शृंखला सुरु गरेकी छिन्, जसमा उनले आफूसँग सम्बन्धित धेरै कुरा सेयर गरेकी छिन् । शृङ्खलामा नेहाले आफू तीव्र गतिमा बढ्दै गएको तौल घटाउने प्रयास गरिरहेको बताएकी छिन् ।
नेहा र रोहनप्रीतका फ्यानहरूलाई सुन्दा अलिकति नराम्रो लाग्नेछ, तर शृङ्खलामा यो जोडीले आफूहरू आमाबुवा बन्न बिल्कुलै तयार नभएको स्पष्ट पारेका छन् । त्यसैले अबको २-३ वर्षसम्म परिवार बढाउने याेजनामा छैनन् ।
रोहनप्रीत र नेहा कक्कडले २० अक्टोबर २०२० मा विवाह गरेका थिए । बिवाहकाे दुई महिनापछि उनीहरूकाे म्युजिक भिडियो ‘ख्याल रखा कर’ रिलिज भएको थियाे । गीत सार्वजनिक हुनुअघि नेहाले बेबी बम्पको तस्बिर सेयर गरेपछि मानिसहरूले उनलाई प्रेग्नेन्ट मान्न थाले । तर नेहा वास्तविक जीवनमा गर्भवती छैनन् । उनीहरू अहिले अभिभावक बन्ने मुडमा छैनन् ।




