एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टाले बिहीबार फ्यानहरुलाई खुसीको खबर दिइन् । नायिका दुई जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । प्रीति ४६ वर्षको उमेरमा सरोगेसी मार्फत् आमा बनेकि हुन् । प्रीति भन्दा पहिले, बलिउड उद्योगका धेरै सेलिब्रेटीहरू ४० को दशकको उत्तरार्धमा अभिभावक बनेका थिए । जसमा करिना कपुरदेखि शिल्पा शेट्टीसम्मको नाम समावेश छ ।
शिल्पा शेट्टी – राज कुन्द्रा : शिल्पा शेट्टीले ३७ वर्षको उमेरमा आफ्नो पहिलो सन्तान विआनलाई जन्म दिएकी हुन् । तर उनको दोस्रो गर्भावस्था सजिलो थिएन । मेडिकल समस्या आएपछि उनले सरोगेसीको सहयोगमा आमा बन्ने निर्णय गरिन् । शिल्पा दोस्रो पटक सरोगेसीबाट आमा बन्दा उनी ४५ वर्षकी थिइन् ।
गौरी खान – शाहरुख खान : गौरी र शाहरुखका दुई सन्तान सुहाना खान र आर्यन खान थिए । तर उनलाई अर्को बच्चा चाहियो । यस्तो अवस्थामा उनीहरुले आईवीएफ सरोगेसीको सहारा लिए र तेस्रो सन्तान अब्राम खानको बाबुआमा बने । अबरामको जन्म हुँदा गौरी ४० वर्ष नाघेकि थिइन् भने शाहरुख खान ४७ वर्षका थिए ।
सञ्जय दत्त – मान्यता दत्त : सञ्जय दत्त र उनकी श्रीमती मान्यता दत्तले विवाहको दुई वर्षपछि जुम्ल्याहा सन्तानलाई घरमा स्वागत गरेका छन् । त्यतिबेला मान्यता ३२ र सञ्जय ५१ वर्षका थिए ।
एकता कपुर : टिभी क्वीन एकता कपुरले पनि आमा बन्ने सुअवसर पाएकी छिन् । एकता सन् २०१९ मा सरोगेसीको सहयोगमा आमा बनिन् । त्यतिबेला एकता कपूरको उमेर ४४ वर्ष थियो ।
करीना कपूर – सैफ अली खान : करीना कपुर र सैफ अली खानको पहिलो सन्तान तैमुरको जन्मको लागि उनीहरुका फ्यानहरु पनि पर्खिरहेका थिए । तैमुरको जन्म हुँदा करीना ३६ वर्षकी थिइन् भने सैफ ४६ वर्षका थिए । चार वर्षपछि, दुवै आफ्नो दोस्रो छोरा जेहका आमाबुवा बने । दोस्रो छोराको जन्मका बेला करिना ४० वर्षको र सैफ ५१ वर्षको थियो ।
आमिर खान – किरण राव : आमिर र किरण राव पनि धेरै ढिलो अभिभावक बनेका थिए । विवाहको पाँच वर्षपछि किरण र आमिर छोरा आजाद रावका आमाबुवा बने । त्यसबेला किरण ३८ वर्षका थिए भने आमिर ४६ वर्षका थिए ।




