काठमाडाैँ । पछिल्लो समयकी चर्चित गायिका प्रविशा अधिकारीले लगनगाँठाे कसेकि छिन् । उनी आज (आइतबार) निर्माण सिटौलासँग बैवाहिक बन्धनमा बाँधिएकि हुन् । प्रविशा र निर्माणको विवाह झापा चारपानेस्थित अधिकारीकै निवासमा भएकाे हाे ।
प्रविशाले निर्माणसँग मागी विवाह गरेकि हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् ।
‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा समेत रहेकि प्रविशाकाे निर्माणसँग केही दिनअगाडि झापामै इन्गेजमेन्ट भएको थियो ।




