एजेन्सी । फिल्म उद्योगमा अफेयर र ब्रेकअपको खबर सामान्य भइसकेको छ । धेरै सम्बन्ध बिहेसम्म नपुग्दै टुट्छन् । बलिउडमा यस्ता धेरै स्टार छन् जसले आफ्नो सम्बन्धलाई खुलेर स्वीकार गरे तर पनि अन्तमा उनीहरूकाे सम्बन्ध टुट्याे ।
सलमान खान र ऐश्वर्या रायको हकमा पनि त्यस्तै भयो । दुवै एकअर्कालाई असाध्यै प्रेम गर्थे । तर सन् २००२ मा भएको सलमानकाे एउटा गल्तीले उनीहरुको सम्बन्ध सधैँका लागि टुट्यो । सलमान र ऐश्वर्याकाे सम्बन्धले खासै चर्चा नपाएपनि उनीहरुको ब्रेकअपको चर्चा भने चलेको थियो । मामिला प्रहरी चौकी र मृतकको संख्या समेत पुगेको थियो ।
सामान्य झगडा हुँदा सलमान रक्सी खाएर ऐशको घर पुगे र ढोकामा पिट्न थाले । जसका कारण ऐश निकै डराएकी थिइन् र उनले ढोका खोलिनन् । सलमानले ढोका नखोल्ने हो भने आत्महत्या गर्छु भनेपछि ऐश्वर्याले ढोका खाेल्न बाध्य भइन् । यो सम्पूर्ण घटना बिहान ३ बजेसम्म चलेको थियो । सलमानले ढोका पिट्दा उनको हातबाट रगत बगिरहेको थियो ।
यी सबै देखेर आक्रोशित उनका अभिभावकले प्रहरीसँग सहयोग मागेका थिए । त्यतिबेला ऐश्वर्या सलमानसँग निकै डराएकी थिइन् । जब यो मामला पुलिस स्टेशनमा पुग्यो, सलमानलाई ऐशको अपार्टमेन्टमा आउन प्रतिबन्ध लगाइएको थियो ।
दुईबीचको सम्बन्धमा तिक्तता आउनुको मुख्य कारण विवाह नै थियो । दुईदेखि तीन घण्टासम्म चलेको यो झगडापछि तीन बजे ऐश्वर्याले ढोका खोलिन् र त्यसपछि बल्ल सलमान घरभित्र पस्न पाए । सलमान ऐश्वर्याले विवाहको प्रतिबद्धता गरोस् भन्ने चाहन्थे । तर सलमानकाे कुटपिट, हिंसाका कारण ऐश्वर्या बिवाहका लागि तयार थिइनन् । उनी कुनै पनि हालतमा सलमानसँग छुट्टिन चाहन्थिन् ।
सलमान खानसँगको ब्रेकअपपछि एक अन्तर्वार्तामा ऐश्वर्या रायले भनिन्, ‘जब तपाईँ कसैलाई माया गर्नुहुन्छ, उसको लागि सबै गर्नुहुन्छ । तर जब मायाको बदलामा माया पाउँदैनौ तब हिंस्रक बन्छौँ । हरेक सम्बन्धमा झगडा हुन्छ, यदि सम्बन्धमा झगडा हुँदैन भने प्रेम हुँदैन ।’
उनले सलमानसँगकाे सम्बन्धकाे तिक्तता खुलाउँदै भनेकि थिइन्, ‘उसले मलाई फोन गरेर बकवास कुरा गर्थ्याे । मेरो सह-कलाकारसँग अफेयर छ भनेर उसले सधैं मलाई शंका गर्यो । कहिलेकाहीँ उसले मलाई पिट्थ्याे पनि । तर सौभाग्यवश मेरो अनुहार र शरीरमा कुनै दाग लागेन । केही नभएको जस्तो गरी म काममा जान्थेँ । यति हुँदाहुँदै पनि मैले उसलाई साथ दिएँ । म खराब समयमा पनि उसको साथमा थिएँ ।’
ब्रेकअपपछि ऐशले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् । एक अन्तर्वार्तामा सलमानले पूर्व प्रेमिका ऐश्वर्या राय र उनका पति अभिषेक बच्चनको विवाहको बारेमा कुरा गरेका थिए । सलमानले भनेका थिए कि ऐशले राम्रो केटा र परिवार पाएको छ, म धेरै खुसी छु ।




