नयाँ दिल्ली । प्रियंका चोपडाले भर्खरै आफ्नो आधिकारिक इन्स्टाग्रामबाट आफ्नो नामबाट ‘चोपडा’ र ‘जोनास’ उपनाम हटाइन् । त्यसयता प्रियंका र निक जोनसको सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ । तर, यसैबीच निक जोनसले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन्, जसमा प्रियंकाले प्रतिक्रिया राखेपछि याे चर्चा झुटाे सावित भएकाे छ ।
निक जोनसले हालै जिममा वर्कआउट गरेको भिडियो सेयर गरेका छन् । यो भिडियोमा कमेन्ट गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अरे ! म तिम्रो काखमा मर्न चाहन्छु ।’ प्रियंकाकाे यस कमेन्टबाट उनीहरू एकअर्काप्रति कति माया गर्छन् भन्ने पुष्टि हुन्छ ।
प्रियंका र निकको विवाहलाई डिसेम्बर १ तारिखमा ३ वर्ष पुग्न लागेको छ । तर, यसअघि प्रियंका चोपडाले इन्स्टाग्राम अकाउन्टबाट ‘जोन्स’ उपनाम हटाएर फ्यानहरूलाई भ्रममा पारेकी थिइन् । यसपछि निक र प्रियंकाको सम्बन्धविच्छेदको खबर पनि आयो ।
विवाहपछि प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट प्रियंका चोपडा जोनासमा परिवर्तन गरिन् । अब प्रश्न यो छ कि प्रियंकाले कुन कारणले आफ्नो इन्स्टाग्राम अकाउन्टको बायोबाट आफ्नो नामबाट ‘चोपडा’ र ‘जोनास’ उपनाम हटाइन् । अब यस्तो अवस्थामा प्रियंकाले उपनाम किन हटाइन् भन्नेबारे फ्यानहरू उनको प्रतिक्रियाको पर्खाइमा छन् ।
प्रियंकाको नयाँ हलिउड प्रोजेक्टको रिलिज मिति सोमबार नै घोषणा गरिएको छ । म्याट्रिक्स सिरिजको नयाँ फिल्म २२ डिसेम्बरमा हलमा रिलिज हुँदैछ । यसबाहेक प्रियंकासँग हलिउडका केही प्रोजेक्ट पनि छन् ।




