एजेन्सी । पछिल्लो दुई वर्षमा सिनेमामा धेरै परिवर्तन आएको छ । ओटीटीको रूपमा एउटा नयाँ प्लेटफर्म देखा परेको छ, जसमा यस्ता कलाकारहरू पनि चम्किएका छन्, जसको स्टारडम कम मानिन्थ्यो । ओटीटीको बढ्दो दबदबालाई हेरेर अहिले यो भनिएको छ कि यसले हिन्दी फिल्म उद्योगमा स्टारडम युगको अन्त्य गर्नेछ, तर सुपरस्टार सलमान खान त्यसो मान्दैनन् ।
हालै एक मिडिया अन्तरक्रियामा सलमानले यस विषयमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘हामी गयाैँ भने अरू आउनेछन् । मलाई लाग्दैन कि स्टार्सकाे युग समाप्त हुन्छ । यो कहिल्यै समाप्त हुनेछैन । यो सधैँ रहने छ । यी कुराहरू फिल्म छनाैट र रियल लाइफमा कस्ताे हुनुहुन्छ भन्नेमा भर पर्छ । अब यो धेरै चीजहरूको प्याकेज हुनेछ । अब युवा पुस्ताको आफ्नै सुपर स्टारडम हुनेछ ।’
सलमानले थपे, ‘मैले धेरै वर्षदेखि सुन्दै आएको छु कि यो अन्तिम जेनेरेशन हो । हामी युवा पुस्ताका लागि सबै कुरा सहजै छोड्ने छैनौँ । हामी उनीहरूलाई सबै कुरा सुम्पिएर जादैनौँ । ५० प्लसमा त हामी मेहनत गरिरहेका छौँ, तपाईँ पनि मेहनत गर्नुस् ।’
हाल सलमान आफ्नो आगामी फिल्म ‘अंतिम: द फाइनल ट्रुथ’ को रिलिजको तयारीमा छन् । यस फिल्मका निर्देशक महेश मांजरेकर हुन् । फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा छन् । फिल्ममा सलमानका जेठाजु आयुष शर्मा ग्याङ्गस्टरको भूमिकामा देखिनेछन् । चलचित्र नोभेम्बर २६ मा हलमा रिलिज हुँदैछ ।




