एजेन्सी । प्रियंका चोपडा र निक जोनस बलिउडका चर्चित जोडीमध्ये एक हुन् । निक जाेनस र प्रियंका चाेपडाले २ डिसेम्बर २०१८ मा हिन्दु र क्रिश्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि प्रियंका र निकले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफ्नो प्रेमकथा भनेका थिए । उनीहरूले बताए अनुसार निकले पहिलो पटक क्वान्टिकोमा प्रियंकाका सह-अभिनेता ग्राहम रोजर्सलाई सन्देश पठाए । निकले लेखेका थिए –‘प्रियंका निकै सुन्दर छिन् ।’
सेप्टेम्बर २०१६ मा पहिलो पटक निकले प्रियंकालाई ट्वीटरमा सन्देश पठाए । यस सन्देशमा निकले लेखेका थिए, हाम्रा केही साथीहरूले हामी भेट्नुपर्छ भनी भनिरहेका छन् । म्यागजिनका अनुसार २०१७ मा प्रियंका र निकलाई डिजाइनर राल्फ लरेनले मेट गालामा आमन्त्रित गरेका थिए । यसअघि उनीहरु दुबैको भेट न्यूयोर्कमा ड्रिंक पार्टीमा भएको थियो । यस भेटपछि प्रियंकाले निकलाई आफ्नो घरमा बोलाएकी थिइन् । घरमा उनकी आमा मधु चोपडा टिभी सिरियल कानून र व्यवस्था हेर्दै थिइन् । प्रियंकाका अनुसार उनीहरूले त्यहाँ केही घण्टा कुरा गरे ।
तेस्रो पटककाे भेटमा निकले थाहा पाए कि प्रियंका त्यही युवती हुन् जाेसँग उनी बिवाह गर्न चाहन्छन् । निकका अनुसार उनले प्रियंकालाई उनको जन्मदिनमा प्रपोज गरेनन् । उनले प्रियंकालाई ग्रिसमा प्रस्ताव राखेका हुन् ।
त्यतिबेला निकले घुँडा टेकेर प्रियंकालाई भने–‘के म यो औंठी तिम्रो हातमा लगाइदिन सक्छु ? के म तिमीसँग बिहे गरेर संसारको सबैभन्दा भाग्यमानी मान्छे बन्न सक्छु ? ४५ सेकेन्डको मौनतापछि प्रियंकाले वके गरिन् ।’




