एजेन्सी । दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले सबै फर्म्याटका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार सन्यास घोषणा गरेका ३४ वर्षीय मोरिसले अब दक्षिण अफ्रिकाको घरेलु क्लब टाइटन्सको प्रशिक्षण सम्हाल्ने बताएका छन् ।
मोरिसले अन्तिम पटक २०१९ को एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए । उनी दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने खेलाडी भएका थिए । उनी इन्डियन प्रिमियर लिगका सबैभन्दा महंगो खेलाडी समेत हुन् ।
उनलाई राजस्थान रोयल्सले सन् २०२१ को अक्सनमा १६.२५ करोड भारतीय रुपैँयामा अनुबन्ध गरेको थियो । उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीमा २२ वर्षको उमेरमा सन् २०१२ मा टी–२० बाट डेब्यु गरेका थिए ।
यस्तै, सन् २०१३ मा एकदिवसिय क्रिकेटमा र २०१६ मा टेष्ट डेव्यु गरेका थिए । मोरिसले दक्षिण अफ्रिकाका लागि तीन फर्म्याट खेलेका कुल ६९ खेलबाट ९४ विकेट लिएका छन् ।




