एजेन्सी । इन्डियन प्रिमियर लिगको १५ औं सिजन अघि भएको मेगा अक्सनमा अनुभवी क्रिकेटर सुरेश रैना बिक्री भएनन् । यो देखेर उनका फ्यानहरु निकै निराश र आश्चर्यमा परेका थिए । मेगा लिलामीमा धेरै वर्षदेखि चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गर्ने सुरेश रैनालाई किन्न कुनै पनि फ्रेन्चाइजीले चासो देखाएनन् । अब चेन्नई फ्रेन्चाइजीका सीईओ काशी विश्वनाथनले पनि यसको कारण दिएका छन् ।
यी बायाँ हाते क्रिकेटरसँग आईपीएलको धेरै अनुभव छ । उनले यस टी-२० लिगमा २०५ खेल खेलेका छन् र १ शतक, ३९ अर्धशतकको मद्दतमा ५,५२८ रन बनाएका छन् । उनले गुजरात लायन्स टोलीको कप्तानी पनि सम्हालेका थिए । उनी कोरोना भाइरसका कारण २०२० सिजनबाट बाहिरिएका थिए । पछिल्लो सिजन उनका लागि खास रहेन र उनले १२ खेल खेले जसमा १ अर्धशतकको सहयोगमा कुल १६० रन बनाएका थिए ।
चेन्नई सुपर किंग्सका सीईओ काशीले फ्रेन्चाइजीले जारी गरेको भिडियो क्लिपमा भने, “रैना १२ वर्षदेखि सीएसकेका लागि निरन्तर प्रदर्शन गर्ने खेलाडीहरूमध्ये एक हुन् । पक्कै पनि, रैनालाई नकिन्दा हामीलाई धेरै गाह्रो भयो, तर साथमा तपाईले यो पनि बुझ्नुपर्छ कि टोलीको संरचना त्यो टोलीको फर्म र खेलाडीहरूमा निर्भर गर्दछ ।
उनले थपे, ‘फार्म र संयोजन पनि एउटा कारण हो । हामीले सोचेका थियौं कि उनी यो टोलीमा फिट नहुन सक्छन् । काशीले थपे कि चेन्नई टोलीले दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसलाई पनि मिस गर्नेछ । प्लेसिस २०११ देखि टोलीबाट खेल्दै आएका थिए र गत वर्ष उनीहरूको उपाधि जित्ने अभियानको हिस्सा थिए । फाफले यो वर्ष रोयल च्यालेन्जर्स बैंग्लोरको प्रतिनिधित्व गर्नेछन् ।




