एजेन्सी । हेमा मालिनी धर्मेन्द्रसँगको वैवाहिक जीवनमा खुसी छिन्, तर उनका आमाबाबुले सुरुमा ‘शोले’ अभिनेतासँगको सम्बन्धलाई स्वीकार गरेनन् किनभने उनले प्रकाश कौरसँग विवाह गरिसकेका थिए ।
धर्मेन्द्रसँग विवाह गरेको ४३ वर्ष बितिसक्दा पनि हेमा मालिनीलाई उनी प्रति कुनै गुनासो छैन, जसले प्रकाश कौरसँग सम्बन्धविच्छेद नगरी ड्रीम गर्लसँग विवाह गरे । धर्मेन्द्र अहिले आफ्नी पहिलो श्रीमती र परिवारसँग बस्दै आएका छन् ।
‘लहेरिन’लाई दिएको एक अन्तर्वार्तामा हेमा मालिनीले धर्मेन्द्रसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गरेकी थिइन् र उनी उनीबाट टाढा रहनुको कारण बताइन् ।
उनी भन्छिन्, ‘यो कसैलाई चाह हुदैन, यो स्वतस् हुन्छ र जे हुन्छ स्वीकार गर्नुपर्छ ।’ ७४ वर्षीया हेमा मालिनी भन्छिन्, ‘मलाई यसमा नराम्रो लाग्दैन । म आफैमा खुसी छु । मेरा दुई सन्तान छन्, जसलाई मैले राम्ररी हुर्काएको छु ।’
धेरै विरोधका बावजुद हेमा र धर्मेन्द्रले २ मे १९८० मा विवाह गरेका थिए । आज दम्पतीका दुई छोरी छन् । ८७ वर्षीय धर्मेन्द्रका पहिलो पत्नी प्रकाश कौरबाट ४ सन्तान छन् ।




