काठमाडौं । गीतकार तथा समाजसेवी पधमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित ‘भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन् ।
शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । मायालु जोडि बीचको प्रेमका सम्बादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ ।
सुजन श्रेष्ठको छायाँकन, सम्पादन तथा देउ कृष्ण लिंखा याक्खाको निर्देशनमा गीतको भिडियो तयार भएको हो । ‘भूईँ सोरी’ गीतको भिडियोमा विमला लिम्बु र जान रानाको अभिनय रहेको छ ।




